कर्णाली दुर्घटनामा सरकारको गैरजिम्मेवारी र असफलता देखियो : सांसद शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २२, २०८३
|
|
१७४ पटक हेरिएको
Shares
कर्णाली दुर्घटनामा सरकारको गैरजिम्मेवारी र असफलता देखियो : सांसद शाही

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
  • सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखेको बताए ।
  • उनले असार १८ गते कर्णाली नदीमा बस खस्दा यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाइदिन हारगुहार गरिरहेको अवस्थामा पनि समयमै उद्धार हुन नसकेको बताए।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखेको बताए ।

उनले असार १८ गते कर्णाली नदीमा बस खस्दा यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाइदिन हारगुहार गरिरहेको अवस्थामा पनि समयमै उद्धार हुन नसकेको बताए।

उनले भने,‘मैंले आज कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु । कर्णालीमा गाडी नदीमा खस्यो, मानिसहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार मागिरहेका थिए। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्नका लागि संघर्ष गरिरहनुभएको थियो। तर उहाँहरूको जीवन सकियो, उद्धार आएन ।’

शाहीले दुर्घटनाको समयमा आकाशमा हेलिकप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि रहेको दाबी गरे ।

उनले उद्धार टोलीसँग आवश्यक साधनको अभाव रहेको उल्लेख गर्दै सुर्खेतबाट घटनास्थलमा उद्धारका लागि हेलिकप्टर पठाउन नसक्नु सरकारको गम्भीर असफलता भएको बताए।

‘मैंले तत्काल फोन गरेको थिएँ। उद्धार टोलीसँग आवश्यक साधन थिएन। सुर्खेतबाट घटनास्थलमा जानका लागि एउटा हेलिकप्टर पठाउने क्षमता पनि सरकारसँग थिएन, सरकार आखिर कसका लागि काम गरिरहेको छ ?’उनले प्रश्न गरे ।

सांसद शाहीले कर्णालीका नागरिकमाथि विभेद भएको आरोप लगाउँदै कर्णाली पनि नेपालको अभिन्न अंग भएको स्मरण गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
सरकारलाई खुस्बु ओलीको सुझाव : ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं
सरकारलाई खुस्बु ओलीको सुझाव : ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
मार्टिन गप्टिल ५५ रन बनाएर आउट
मार्टिन गप्टिल ५५ रन बनाएर आउट
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने