एक निर्वाचनले कम्युनिस्ट भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १४, २०८३
|
|
२१८ पटक हेरिएको
Shares
एक निर्वाचनले कम्युनिस्ट भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छिन् ।
  •   आइतबार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिष्ट आन्दोलन वा जबजको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने धारणा राखिन्।
  • उनले नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरूलाई एउटै मञ्चमा ल्याएर विचार विमर्श गराउनु समयसापेक्ष र सान्दर्भिक भएको बताउँदै यसले आन्दोलनको ऐतिहासिक समीक्षा र वर्तमान चुनौतीबारे साझा सोच निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

 

१४ असार, काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छिन् ।  आइतबार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिष्ट आन्दोलन वा जबजको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने धारणा राखिन्।

उनले नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरूलाई एउटै मञ्चमा ल्याएर विचार विमर्श गराउनु समयसापेक्ष र सान्दर्भिक भएको बताउँदै यसले आन्दोलनको ऐतिहासिक समीक्षा र वर्तमान चुनौतीबारे साझा सोच निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। भण्डारीले सोभियत सङ्घको विघटन र पूर्वी युरोपका समाजवादी व्यवस्थाहरू पतन भएको कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीले नेपालको यथार्थअनुसार ‘जनताको बहुदलीय जनवाद’को मौलिक अवधारणा अघि सारेको स्मरण गरिन्। ‘त्यो अवधारणा तत्कालीन संकटको उत्तर मात्र थिएन, नेपालको आफ्नै वस्तुगत यथार्थबाट विकसित भएको मौलिक वैचारिक प्रस्ताव थियो,’ उनले भनिन्। उनले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक आधारमा स्थापित गर्दै बहुदलीय प्रतिस्पर्धा, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचनमार्फत समाजवादी रूपान्तरण सम्भव रहेको मान्यता स्थापित गरेको बताइन्।

भण्डारीले हालैको प्रतिनिधिसभा निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै त्यसकै आधारमा कम्युनिष्ट आन्दोलनको भविष्यको मूल्याङ्कन गर्न नहुने धारणा राखिन्।उनले भनिन्,‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।’ उनले बदलिँदो पुस्ता, डिजिटल युग, प्रविधिको विकास र युवाका नयाँ आकांक्षाअनुसार कम्युनिष्ट आन्दोलनले आफ्नो नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन्। ‘रचनात्मकताको अभाव नै कम्युनिष्ट आन्दोलनको मूल समस्या हो भन्ने मदन भण्डारीको निष्कर्ष आज अझ सान्दर्भिक भएको अनुभव हुन्छ,’उनले भनिन्।

भण्डारीले गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय आत्मनिर्भरताजस्ता विषयमा व्यवहारिक नीति विकास गर्न सके मात्रै कम्युनिष्ट आन्दोलन थप सुदृढ र लोकप्रिय बन्ने बताइन्। संविधान संशोधनबारे बोल्दै उनले संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने भए पनि त्यसका मूलभूत मूल्य, मान्यता र अन्तरवस्तुलाई कमजोर पार्ने गरी संशोधन गर्न नहुने स्पष्ट पारिन्। प्रत्यक्ष कार्यकारी शासन प्रणाली नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका लागि उपयुक्त नहुने उनको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त
अन्तर्राष्ट्रिय कागजात प्रमाणीकरण सेवाबारे परराष्ट्र सचिवको ध्यानाकर्षण
अन्तर्राष्ट्रिय कागजात प्रमाणीकरण सेवाबारे परराष्ट्र सचिवको ध्यानाकर्षण
मधेशका नवनियुक्त मुख्यमन्त्री प्रहरीको भूमिकाप्रति असन्तुष्टि
मधेशका नवनियुक्त मुख्यमन्त्री प्रहरीको भूमिकाप्रति असन्तुष्टि
प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट लागु औषधसहित १० जना पक्राउ
प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट लागु औषधसहित १० जना पक्राउ
कांग्रेस शेखर–गगन पक्षको भेला सुरु
कांग्रेस शेखर–गगन पक्षको भेला सुरु
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर
नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न
वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न