नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण फुटाउन नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन् ।
  • आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले समीकरण फुटाउन कांग्रेसले लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाए ।
  • नयाँ समीकरण बन्नुभन्दा अगाडिदेखि नै सहकारीको विषय उठे पनि अहिले आएर मात्रै कांग्रेसले कुरा उचालेको उनले बताए ।

२९ चैत विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण फुटाउन नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले समीकरण फुटाउन कांग्रेसले लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाए । नयाँ समीकरण बन्नुभन्दा अगाडिदेखि नै सहकारीको विषय उठे पनि अहिले आएर मात्रै कांग्रेसले कुरा उचालेको उनले बताए । ‘पहिला कांग्रेससँग गठबन्धन हुँदा नै यो कुरा आएको थियो,’ उनले भने, ‘नयाँ समीकरण फेरिएपछि कांग्रेसले पहिलो कोसिस रविलाई प्रधानमन्त्री बनाउन गरेको हो । त्यो सफल नभएपछि अहिले छानबिनको प्रश्न उठायो ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले रविविरुद्ध कुनै प्रमाण नभएको बताइरहेको उनले दोहोर्‍याए । यसअघि संसद्मा पनि उनले रवि निर्दोष रहेको दाबी गरेका थिए ।  समग्र सहकारीको र रविको विषयमा अलग गरेर छलफल गरे समस्या समाधान हुन सक्ने उनको भनाइ छ । ‘मैले सदनमा राजनीतिक कारणको जवाफ दिएको होइन  । अनुसन्धान कर्ताको सुझावअनुसार नै संसद्मा बोलेको हो,’ उनले भने । मैले कसैलाई बचाउनु पर्ने कारण छैन ।

छानबिन गर्दा प्रमाण पुग्यो भने सरकार अनुसन्धानका लागि पछि पर्दैन । तर प्रतिपक्षीले सहकारीभन्दा राजनीतिक  मुद्दा बनाएको छ।’ संसद्को गतिरोध अन्त्य गर्न छलफल भइरहेको प्रचण्डले बताए । ‘सभामुखले पनि छलफल गर्नुभएको छ ।  मैले पनि गरिरहेको छु । यो राजनीतिक सहमतिकै आधारमा समाधान हुन्छ,’ उनले भने । कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृ*त्यु
भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृ*त्यु
नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ : मन्त्री गौतम
नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ : मन्त्री गौतम
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो
लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा
लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा
कृत्रिम दुर्घटना उद्दार अभ्यास कार्यक्रम सम्पन्न
कृत्रिम दुर्घटना उद्दार अभ्यास कार्यक्रम सम्पन्न
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
भीरबाट लडेर गम्भीर घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार
भीरबाट लडेर गम्भीर घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार