तीन वटा संसदीय समितिको बैठक बस्दै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
८३ पटक हेरिएको
Shares
तीन वटा संसदीय समितिको बैठक बस्दै 

सारांश

  • संघीय संसद् अन्तर्गत तीन वटा संसदीय समितिहरूको बैठक शुक्रबार बस्दैछन्।
  • प्रतिनिधि सभा अन्तर्गत रहेको अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय सभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
  •  सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ८ बजे अर्थ समितिको बैठक बस्दैछ ।

 

५ असार, काठमाडौं ।

संघीय संसद् अन्तर्गत तीन वटा संसदीय समितिहरूको बैठक शुक्रबार बस्दैछन्। प्रतिनिधि सभा अन्तर्गत रहेको अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय सभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ८ बजे अर्थ समितिको बैठक बस्दैछ ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति कार्यान्वयनको प्रगति, बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापनका लागि अपनाइएका नीति तथा कार्यक्रम, तिनको प्रभावकारिता तथा सरकारी स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको पछिल्लो तीन वर्षको कार्यसम्पादनबारे जानकारी लिने कार्यसूची छ। यसैगरी बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी सुधारका विषयमा पनि समितिले गभर्नरसँग छलफल गर्नेछ। यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ९ः१५ बजे बस्नेछ। सिंहदरबारस्थित समितिको सभाकक्षमा हुने बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।  त्यसैगरी बिहान १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा वार्षिक कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?