स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
१२१ पटक हेरिएको
Shares
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

सारांश

  • स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
  • नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।
  • मन्त्रालयका अनुसार, मिति २०८३ जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार भुक्तानी गरिएको थियो ।

२ असार, काठमाडौं ।

स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, मिति २०८३ जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार भुक्तानी गरिएको थियो । त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरिएको थियो । सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेको स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार, सेवा प्रदायक संस्थाहरूको बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
छठ पर्व, एक भावना
छठ पर्व, एक भावना
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा
गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा
नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु
नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
सप्तरीमा करेन्ट लागेर ७० वर्षीया महिलाको मृ*त्यु
सप्तरीमा करेन्ट लागेर ७० वर्षीया महिलाको मृ*त्यु
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे