सर्लाहीमा नयाँ प्रजिअ सुवेदी हाजिर 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
३९ पटक हेरिएको
Shares
सर्लाहीमा नयाँ प्रजिअ सुवेदी हाजिर 

सारांश

  •     गृह मन्त्रालयको निर्णय अनुसार विजयराज सुवेदी सर्लाहीको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हाजिर भएका छन्।
  • यसअघि जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत सुवेदीले पदभार ग्रहण गरेलगत्तै कार्यालयको कामकारबाहीलाई थप पारदर्शी र उत्तरदायी बनाउन विभिन्न निर्देशन दिएका छन्।
  • उनले कार्यालयबाट सम्पादन हुने कार्यहरूको विवरण दैनिक रूपमा कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्।

 

१ असार, सर्लाही।   

गृह मन्त्रालयको निर्णय अनुसार विजयराज सुवेदी सर्लाहीको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हाजिर भएका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत सुवेदीले पदभार ग्रहण गरेलगत्तै कार्यालयको कामकारबाहीलाई थप पारदर्शी र उत्तरदायी बनाउन विभिन्न निर्देशन दिएका छन्।

उनले कार्यालयबाट सम्पादन हुने कार्यहरूको विवरण दैनिक रूपमा कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्। साथै प्रत्येक कर्मचारीले आफूले दैनिक रूपमा सम्पादन गरेका कार्यहरूको अभिलेख (लगत) अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गर्न समेत निर्देशन दिएका छन्। सुवेदी यसअघि धादिङका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। गृह मन्त्रालयले हालै गरेको सरुवाअनुसार उनी सर्लाहीमा सरुवा भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?