मधेशका तीन सांसदलाई कांग्रेसले गरायो सचेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
३०३ पटक हेरिएको
Shares
मधेशका तीन सांसदलाई कांग्रेसले गरायो सचेत

सारांश

  • नेपाली कांग्रेसले मधेश प्रदेश सभाका तीन जना सांसदलाई सचेत गराएको छ ।
  • कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सर्लाही प्रदेशसभा २ (१) का सांसद सकुन्ती देवी महरा, सर्लाही प्रदेशसभा २ (२)का सांसद कौशल किशोर राय र सर्लाही २ (१) कै जंगीलाल रायलाई सचेत गराएको हो ।
  • उनीहरू तीनै जनाविरुद्ध गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेको थियो ।

 

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सभाका तीन जना सांसदलाई सचेत गराएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सर्लाही प्रदेशसभा २ (१) का सांसद सकुन्ती देवी महरा, सर्लाही प्रदेशसभा २ (२)का सांसद कौशल किशोर राय र सर्लाही २ (१) कै जंगीलाल रायलाई सचेत गराएको हो ।

उनीहरू तीनै जनाविरुद्ध गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेको थियो ।

उनीहरूलाई गत वैशाख २१ गते पार्टीले स्पष्टीकरण सोधेको र उनीहरूले जवाफ पठाएसँगै सचेत गराएको कांग्रेस जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?