गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३६३ पटक हेरिएको
Shares
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

सारांश

  • नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ।
  • बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेको भन्दै यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताइन्।
  • उनले भनिन्, ‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवारीको रुपमा नै लिन्छु ।

काठमाडौं ।

नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेको भन्दै यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताइन्।

उनले भनिन्, ‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवारीको रुपमा नै लिन्छु । किनकी अहिलेसम्मको अभ्यास यो भएको छैन् । उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’ त्यस्तै थापाले कानुनी प्रक्रिया र अनुसन्धानको विषयमा टिप्पणी गर्दै सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने कांग्रेसको धारणा रहेको बताइन् ।

उनले अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै पहिले पक्राउ गरेर पछि अनुसन्धान गर्ने शैली ‘मिडिया स्टन्ट’ जस्तो देखिएको टिप्पणी पनि गरिन्। उनले भनिन्, ‘जति भदौं २३ मा संलग्न हुनुहन्छ २४ गतेपनि त्यति नै हुनुन्छ । कानुन सम्मत जानुहुन्छ भने कानुनभन्दा माथि कोही पनि हुँदैन। नेपाली कांग्रेसले कानुनसम्मत जो कोही आउँछ भने हुने स्वीकार गर्छ। पहिले समात्ने अनि अनुसन्धान गर्ने जस्तो मिडिया स्टन्ट जस्तो भएको छ । सत्य तथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ
२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ
प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै
प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै
मन्त्रिपरिषद् बैठकले गर्यो चार जना सचिवको सरूवा
मन्त्रिपरिषद् बैठकले गर्यो चार जना सचिवको सरूवा
ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृ*त्यु, मृ*तकको संख्या ८ पुग्यो
ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृ*त्यु, मृ*तकको संख्या ८ पुग्यो
प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे
प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते
बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते
गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा
गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा