गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३८० पटक हेरिएको
Shares
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

सारांश

  • नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ।
  • बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेको भन्दै यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताइन्।
  • उनले भनिन्, ‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवारीको रुपमा नै लिन्छु ।

काठमाडौं ।

नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेको भन्दै यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताइन्।

उनले भनिन्, ‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवारीको रुपमा नै लिन्छु । किनकी अहिलेसम्मको अभ्यास यो भएको छैन् । उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’ त्यस्तै थापाले कानुनी प्रक्रिया र अनुसन्धानको विषयमा टिप्पणी गर्दै सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने कांग्रेसको धारणा रहेको बताइन् ।

उनले अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै पहिले पक्राउ गरेर पछि अनुसन्धान गर्ने शैली ‘मिडिया स्टन्ट’ जस्तो देखिएको टिप्पणी पनि गरिन्। उनले भनिन्, ‘जति भदौं २३ मा संलग्न हुनुहन्छ २४ गतेपनि त्यति नै हुनुन्छ । कानुन सम्मत जानुहुन्छ भने कानुनभन्दा माथि कोही पनि हुँदैन। नेपाली कांग्रेसले कानुनसम्मत जो कोही आउँछ भने हुने स्वीकार गर्छ। पहिले समात्ने अनि अनुसन्धान गर्ने जस्तो मिडिया स्टन्ट जस्तो भएको छ । सत्य तथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३९ स्थानीय तहले १० असारमा ल्याउन सकेनन् बजेट
३९ स्थानीय तहले १० असारमा ल्याउन सकेनन् बजेट
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आजको भाउ कति ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आजको भाउ कति ?
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या
अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या
गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ
गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...