रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
३४६ पटक हेरिएको
Shares
रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सारांश

  • बुधबार आयोगले आयोगले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गरेको हो।
  • जसमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डा.
  • तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र कृष्ण कार्की छन्।

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ सांसदमाथि सुक्ष्म अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ। बुधबार आयोगले आयोगले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गरेको हो। जसमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डा. तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र कृष्ण कार्की छन्।

जेनजी आन्दोलनमा उनीहरूको भूमिका रहेको भन्दै आयोगले अनुसन्धान प्रतिवेदनको १० नम्बर बुँदामा उनीहरूको भूमिका देखिएको उल्लेख गरेको छ।  ‘यी व्यक्तिहरूले र प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको, भन्ने समाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरू प्रदर्शनमा सहभागि हुन सक्ने भनि संकलन गरेको प्रतिवेदनसमेतका आधारमा उल्लेख हुन आएको देखिँदा भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे, नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएकोसम्बनधनमा सुक्ष्म अनुसन्धान गरी सम्बिन्धत व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लेखित व्यक्तिहहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चिता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न,’ आयोगको प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
मोबाइल लुटमा संलग्न तीन जना पक्राउ
मोबाइल लुटमा संलग्न तीन जना पक्राउ
कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन
कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै
९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै
जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा
जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा