पत्रकारलाई धम्की दिएको आरोपमा डा. झा पक्राउ

अमलेश शर्मा अमलेश शर्मा
|
बुधबार, जेठ ६, २०८३
|
|
१०५४ पटक हेरिएको
Shares
पत्रकारलाई धम्की दिएको आरोपमा डा. झा पक्राउ

सारांश

  • एभिन्युज टेलिभिजन र लोकतन्त्र दैनिकमा आवद्ध पत्रकार बखतियार अली लाई धम्की दिएको आरोपमा सर्लाही प्रहरीले स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा.
  • गुणेश्वर झा लाई पक्राउ गरेको छ ।
  •  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार समाचार प्रकाशनको विषयलाई लिएर पत्रकार अलीमाथि गालीगलौज, अभद्र व्यवहार तथा धाकधम्की दिएको आरोपमा झाविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरिएको हो ।

०६ जेठ, सर्लाही ।

एभिन्युज टेलिभिजन र लोकतन्त्र दैनिकमा आवद्ध पत्रकार बखतियार अली लाई धम्की दिएको आरोपमा सर्लाही प्रहरीले स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार समाचार प्रकाशनको विषयलाई लिएर पत्रकार अलीमाथि गालीगलौज, अभद्र व्यवहार तथा धाकधम्की दिएको आरोपमा झाविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरिएको हो ।

पत्रकार अलीले गत फागुन ५ गते मलंगवा–१० स्थित स्तुती सौम्य हेल्थ केयर क्लिनिकमा उपचारका क्रममा विष्णु गाउँपालिका–६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनाबारे लोकतन्त्र दैनिकमा समाचार प्रसारण गरेका थिए। समाचारअनुसार बालकको मृत्यु भएपछि क्लिनिक सञ्चालक झाले मृतकका अभिभावकसँग बाकी रकम बुझाउन दबाब दिएको तथा शवसहित परिवारलाई केही समय क्लिनिकमै रोकेर राखेको आरोप लागेको थियो। उक्त घटनाबारे समाचार प्रसारण भएपछि डा. झाले समाचार हटाउन दबाब दिँदै पत्रकार अलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको आरोप छ ।

पत्रकार अलीले त्यसबारे नेपाल पत्रकार महासंघ लाई जानकारी गराएका थिए।घटनापछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको धम्की र अभद्र व्यवहारप्रति आपत्ति जनाएका छन्। महासंघले समाचारप्रति असहमति भए कानुनी तथा संवैधानिक निकायमार्फत उजुरी दिन सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अमलेश शर्मा
अमलेश शर्मा
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल
नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै