समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
२१० पटक हेरिएको
Shares
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम

सारांश

  • समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले बचत फिर्ता पाएका छन्।
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (सोमबार) तीनवटा सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको हो।
  •   कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएको समितिले जनाएको छ।

४ जेठ, काठमाडौं ।

समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (सोमबार) तीनवटा सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको हो।  कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएको समितिले जनाएको छ।

समितिका अनुसार पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ।  समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रूपैयाँ बचत फिर्ता गर्नुपर्नेछ। पाँच लाखभन्दा कम रकम भएका बचतकर्तालाई साना र पाँच लाखभन्दा बढी रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको समितिको भनाइ छ। कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने कामसमेत तीव्र रूपमा भइरहेको बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
आईपीएल अक्सन : १८ करोडमा बिक्री भए मथिशा पाथिराना
आईपीएल अक्सन : १८ करोडमा बिक्री भए मथिशा पाथिराना
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान
काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो