स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
८२ पटक हेरिएको
Shares
स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल

सारांश

  • पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूलाई मुछिएकोप्रति आपत्ति जनाएका छन् ।
  • आजको संसद वैठकमा बोल्दै उनले सो कम्पनीसँग एउटा मिटिङ पनि नबसेको दाबी गरे ।
  •  संसद बैठकमा आकस्मिक समय र बोल्दै खरेलले आजै मात्र आफू स्वीट्जरल्यान्डबाट काठमाडौं फर्किएको जानकारी दिए ।

२८ वैशाख, काठमाडौं ।

पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूलाई मुछिएकोप्रति आपत्ति जनाएका छन् । आजको संसद वैठकमा बोल्दै उनले सो कम्पनीसँग एउटा मिटिङ पनि नबसेको दाबी गरे । संसद बैठकमा आकस्मिक समय र बोल्दै खरेलले आजै मात्र आफू स्वीट्जरल्यान्डबाट काठमाडौं फर्किएको जानकारी दिए । आफू सभामुख र रास्वपा सभापतिलाई लिखित जानकारी दिएर स्वीट्जरल्यान्ड गएको र एउटा कार्यक्रममा स्पिकरका रुपमा सहभागी भएको उनले बताए । तर, नेपालमा एक दैनिक पत्रिकाले आफू स्वीट्जरल्यान्ड भागेको भनेर लेखेकोप्रति खरेलले आपत्ति जनाए ।

उनले भने, ‘म गएको भोलिपल्ट नै राजधानी दैनिक नामक पत्रिकाले पूर्वसञ्चारमन्त्री भागे भनेर समाचार लेखेको रहेछ । त्यसप्रति गहिरो खेद प्रकट गर्न चाहन्छु । स्मार्ट टेलिकमको २० अर्ब ठगी प्रकरण भनेर लेखिएको यति निरर्थक र तल्लो स्तरको पत्रकारीताले मेरो मानसम्मान, प्रतिष्ठा, राजनीतिक जीवनमा ठेस पुर्याएको छ ।’ खरेलले स्मार्ट टेलिकम प्रकरणमा एउटा पनि फाइल आफूले अघि बढाएको र एउटा पनि मिटिङ पनि गरेको पाइएमा सम्पूर्ण राजनीतिक जीवनबाट विदा लिने घोषणा गरे । ‘सी ग्रेडको पत्रकारीता गर्ने पत्रिकाका मालिक र सम्पादकहरुले मलाई लगाएको आरोप प्रमाणित गर्न नसके तिम्रो पत्रिका बन्द गर्ने हिम्मत छ ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
बीपीको सालिकमा कालोमोसो दलेकोमा एमाले महासचिवको आपत्ति
बीपीको सालिकमा कालोमोसो दलेकोमा एमाले महासचिवको आपत्ति
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर