बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
४२९ पटक हेरिएको
Shares
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

सारांश

  • लगातारको वर्षा तथा बिपदको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ ।
  • समितिको बैठकले आज साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि उक्त निर्णय लागू गर्ने जनाएको हो ।
  • जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने, सडक भासिने तथा डाइभर्सन बग्ने जस्ता जोखिम बढ्दै गएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो ।

२२ वैशाख, काभ्रे।

लगातारको वर्षा तथा बिपदको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । समितिको बैठकले आज साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि उक्त निर्णय लागू गर्ने जनाएको हो ।जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने, सडक भासिने तथा डाइभर्सन बग्ने जस्ता जोखिम बढ्दै गएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो ।

विशेष गरी साँझपछिको समयमा जोखिम झनै बढ्ने भएकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको उनले स्पष्ट पारे ।पछिल्लो समय बीपी राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरूमा लगातार वर्षाका कारण सडक अवरुद्ध हुने, साना–ठूला पहिरो खस्ने तथा यात्रा असुरक्षित हुने अवस्था देखिएको छ । सम्बन्धित निकायले सडक मर्मत तथा अवरोध हटाउने काम गरिरहेको भए पनि मौसम प्रतिकूल रहँदा पूर्ण रूपमा जोखिम न्यूनीकरण हुन नसकेको जनाइएको छ ।यसैबीच, बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सूचना लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनील धाजूले नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् । स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका यात्रा नगर्न, मौसमको अवस्था निरन्तर निगरानी गर्न तथा आपतकालीन अवस्था आएमा नजिकको सुरक्षा निकायसँग सम्पर्क गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : आज नेपालले युएईविरुद्व खेल्ने
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : आज नेपालले युएईविरुद्व खेल्ने
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता