आज पनि मन्त्रिपरिषद् बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
१८२ पटक हेरिएको
Shares
आज पनि मन्त्रिपरिषद् बैठक बस्दै

सारांश

  •   आज (मंगलबार) पनि मन्त्रिपरिषद् बस्ने भएको छ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।
  • मन्त्रिपरिषद् बैठक आज लगातार दोस्रो दिन बस्न लागेको हो।

२२ वैशाख, काठमाडौं । 

आज (मंगलबार) पनि मन्त्रिपरिषद् बस्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। मन्त्रिपरिषद् बैठक आज लगातार दोस्रो दिन बस्न लागेको हो।  हिजो (सोमबार) पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चारवटा निर्णय गरेको थियो।

बैठकले संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ राष्ट्रपतिले पुनविर्चारका लागि फिर्ता गरेमामा पुनः सिफारिस गर्ने निर्णय गरेको थियो। जुन अध्यादेश राष्ट्रपतिले आज जारी गरिसकेका छन्।  त्यस्तै परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ।

यसैगरी बैठकले भारतसँग जीटुजी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।  चौथो निर्णयमा संसद् भवन परिसरमा प्रवेशलगायत विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो
कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 
कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 
राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग
राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट