नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १९, २०८३
|
|
१०५ पटक हेरिएको
Shares
नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ।
  • संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता र सह-संयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले पार्टीको आगामी एकता महाधिवेशनको कार्यतालिका र साङ्गठनिक सुदृढीकरणको मार्गचित्र तय गरेको हो।
  •  बैठकले आगामी २०८३ मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।

१९ वैशाख, काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता र सह-संयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले पार्टीको आगामी एकता महाधिवेशनको कार्यतालिका र साङ्गठनिक सुदृढीकरणको मार्गचित्र तय गरेको हो। बैठकले आगामी २०८३ मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन र स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने र भदौदेखि कात्तिकसम्म वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।

पार्टीले आफ्ना निर्वाचित कमिटीहरूमा युवा र नव-युवाहरूको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने क्रान्तिकारी निर्णय समेत लिएको छ। यसैगरी, बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन ११ सदस्यीय कार्यदल गठन गरेको छ। देव गुरुङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायत सदस्य रहेको उक्त कार्यदलले संविधानका सबल र दुर्बल पक्षबारे सुझाव दिनेछ। पार्टीले १९ वटा समसामयिक प्रस्ताव पारित गर्दै सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन
पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन
इजरायली सैन्य आक्रमणमा १६ हजारभन्दा बढी बालबालिकाको मृ*त्यु
इजरायली सैन्य आक्रमणमा १६ हजारभन्दा बढी बालबालिकाको मृ*त्यु
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने
शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसहरुले ?
शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसहरुले ?
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा