मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे आफन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
९४० पटक हेरिएको
Shares
मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे आफन्त

सारांश

  • भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ।
  • ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ।
  • अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ।

 

१५ वैशाख, भारत ।

भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही रकम निकाल्न खेपेको हैरानीका कारण उनी आफ्नी मृतक बहिनीको कंकाल बोकेर बैंक पुग्न बाध्य भएका थिए। उनी कंकाल बोकेर बैंक पुगेपछि बैंकभित्र भागाभाग भएको थियो।

वास्तवमा, जीतू आफ्नी बहिनी कलारा मुन्डाको खाताबाट २० हजार रुपैयाँ झिक्न चाहन्थे। यसका लागि उनी पटक–पटक बैंक गएका थिए। तर कर्मचारीहरूले खातावाला स्वंयनै उपस्थित गराउनुपर्ने भन्दै पटक-पटक उनलाई फर्काएका थिए। जीतूले यसअघि नै बहिनीको मृत्यु भएको जानकारी बैंकलाई दिइसकेका थिए। तैपनि कुनै सहयोग नपाएपछि, निराश भएर उनले चिहानबाट कंकाल निकालेर बैंकमै प्रस्तुत गरे। बहिनीको कंकाल काँधमा बोकेर जीतू करिब ३ किलोमिटर पैदल हिँडे। त्यसपछि ओडिशा ग्रामिण बैंक को मल्लिपसी शाखाको बरामदामा कंकाल राखे। यो दृश्य देखेर त्यहाँ रहेका मानिसहरू स्तब्ध भए। प्रहरीका अनुसार, जीतू अशिक्षित छन् र कानुनी प्रक्रियाबारे अनभिज्ञ थिए। बैंकका कर्मचारीहरुले उनलाइ बुझाउन र आवश्यक कागजात मिलाएर पैसा नदिंदा सिंगो भारतमानै यो घटनालाइ लिएर बहस सुरु भएको छ। त्यहाँको प्रशासनले उनलाई नियमहरू स्पष्ट रूपमा बुझाउँदै सहयोग गर्ने र छिट्टै पैसा उपलब्ध गराउने आश्वासन दिएपछि शवलाई पुनः चिहानमै गाडिएको थियो।

कंकाल देखेपछि बैंक कर्मचारीहरूले प्रहरी बोलाएका थिए। प्रहरीका अनुसार, जीतूलाई ‘कानुनी वारिस’ वा ‘नोमिनी’ के हो भन्ने जानकारी थिएन। बैंकका अधिकारीहरूले पनि मृत व्यक्तिको खाताबाट पैसा निकाल्ने प्रक्रिया स्पष्ट रूपमा बुझाउन नसकेको जनाएका छन्। प्रहरीले जीतू मुन्डालाई उनकी मृत बहिनीको खाताबाट रकम निकाल्न सहयोग गर्ने आश्वासन दिएको छ। पछि, प्रहरीको उपस्थितिमा शवलाई फेरि चिहानमै गाडियो। डियानाली गाउँका बासिन्दा जीतू मुन्डा जुन कंकाल लिएर बैंक पुगेका थिए, त्यो उनकी दिदी कलारा मुन्डाको थियो। कलाराको मृत्यु २६ जनवरी २०२६ मा भएको थियो। उनको खातामा नामित पति र छोराको पनि मृत्यु भइसकेको छ। त्यसैले खातामा रहेको रकममा जीतू नै एक मात्र दाबेदार भएका हुन्। आर्थिक रूपमा कमजोर भएकाले उक्त रकम उनको जीवनयापनका लागि निकै महत्त्वपूर्ण मानिएको छ। त्यसैले उनले रकम झिक्ने प्रयास गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा
राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै
राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै
गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न
गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ