इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
२४२ पटक हेरिएको
Shares
इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत

सारांश

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् ।
  • सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।
  • इरानी प्रस्तावमा हर्मुज जलमार्गबाट हुने समुद्री यातायातलाई पुनः सुचारु गर्ने उल्लेख छ ।

१५ वैशाख, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् । सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि व्यक्त गरेका हुन् । इरानी प्रस्तावमा हर्मुज जलमार्गबाट हुने समुद्री यातायातलाई पुनः सुचारु गर्ने उल्लेख छ । तर, आफ्नो विवादास्पद आणविक कार्यक्रमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूलाई भने भविष्यमा छलफल गर्ने गरी थाती राख्न इरानले प्रस्ताव गरेको छ ।

सोमबार राष्ट्रिय सुरक्षा सहयोगीहरूसँगको उच्चस्तरीय ब्रिफिङमा राष्ट्रपति ट्रम्पले यसबारे आफ्नो आरक्षण व्यक्त गरेको स्रोतहरूले जनाएका छन् । प्रशासनिक अधिकारीहरूले इरानी आणविक संवद्र्धन र बम बनाउन मिल्ने युरेनियमको भण्डारको मुद्दालाई सम्बोधन नगरी महत्त्वपूर्ण जलमार्ग खोल्न दिँदा इरानमाथि रहेको अमेरिकी कूटनीतिक दबाब समाप्त हुने चिन्ता व्यक्त गरेका छन् । यद्यपि, जलमार्ग बन्द रहिरहँदा ऊर्जाको मूल्य बढ्ने र अमेरिकी इन्धनको लागत थप महँगो हुने जोखिम पनि उत्तिकै छ । सीएनएनका अनुसार, अमेरिकी प्रतिनिधिहरू इरानी सरकारभित्रको आन्तरिक कलहप्रति पनि सचेत छन् । इरानमा वास्तवमा कसको हातमा निर्णय लिने अन्तिम शक्ति छ भन्नेमा अमेरिका अझै स्पष्ट छैन । यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको प्रस्ताव सोचेभन्दा केही सकारात्मक भए पनि त्यहाँको नेतृत्व र स्थिरतामाथि प्रश्न उठाएका छन् । उनले सर्वोच्च नेता मोज्तबा खामेनीको धार्मिक र राजनीतिक अधिकारमाथि प्रश्न गर्दै सोधेका छन,‘के उनीसँग वास्तवमै सर्वोच्च नेताको रूपमा काम गर्ने अख्तियारी छ ? के उनी आफैंले निर्णय गरिरहेका छन् वा उनको सट्टामा अरू कसैले ?’ कूटनीतिक गतिरोधका बीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सोमबार मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सो क्रममा अराघचीले मध्यपूर्वमा शान्ति वार्ता असफल हुनुको दोष वासिङ्टनमाथि थोपर्दै अमेरिकाको कडा अडान र अत्यधिक मागले गर्दा प्रगति हुन नसकेको दाबी गरे ।

ह्वाइट हाउसकी सहायक प्रेस सचिव ओलिभिया वेल्सले यी संवेदनशील कूटनीतिक छलफलहरू भएको पुष्टि गर्दै भनिन,‘राष्ट्रपतिले भन्नुभएझैं, अमेरिकासँग सबै कार्डहरू सुरक्षित छन् । हामी अमेरिकी जनताको हितलाई प्राथमिकतामा राखेर मात्र सम्झौता गर्नेछौँ र इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन दिने छैनौँ ।’ हाललाई अमेरिका र इरानबीचको शान्ति वार्तामा कुनै ठोस नतिजा निस्कन सकेको छैन, यद्यपि ब्याक–च्यानल कूटनीति भने जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
रोहित पौडेल बने ओमोडा र जेको गाडीको ब्रान्ड एम्बासडर
रोहित पौडेल बने ओमोडा र जेको गाडीको ब्रान्ड एम्बासडर
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस
राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै