सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १४, २०८३
|
|
११२ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

सारांश

  • सुदूरपश्चिम प्रदेशमा आगामी बिहीबारबाट बजेट अधिवेशन सुरु हुने भएको छ ।
  • प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट अधिवेशन आह्वान गरेका हुन् ।
  • शनिबार मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरेका थिए ।

१४ वैशाख, धनगढी ।

सुदूरपश्चिम प्रदेशमा आगामी बिहीबारबाट बजेट अधिवेशन सुरु हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट अधिवेशन आह्वान गरेका हुन् । शनिबार मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरेका थिए ।

उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्नेगरि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । गत चैत्र २९ गते राती १२ बजेदेखि लागु हुनेगरि प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग
मानिस हराएको सूचना
मानिस हराएको सूचना
एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ
एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल