२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
४८८ पटक हेरिएको
Shares
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन

सारांश

  • २४ भदौमा ज्यान गुमाएकामध्ये ७ जनाको शवबाट डीएनए प्रोफाइलिङ गर्नसमेत कठिनाइ हुँदा परिवारलाई जिम्मा लगाउन सकस परेको छ ।
  • चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएका ती शवबाट डीएनए जाँचका लागि नमुनासमेत संकलन गर्न नसकिएको हो ।
  • जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार जेन–जी आन्दोलन आसपासका समयमा हराएका व्यक्तिको रिपोर्टका आधारमा उनीहरूको परिवार पत्ता लगाउने कोसिस भइरहेको छ ।

७ वैशाख, काठमाडौं ।

२४ भदौमा ज्यान गुमाएकामध्ये ७ जनाको शवबाट डीएनए प्रोफाइलिङ गर्नसमेत कठिनाइ हुँदा परिवारलाई जिम्मा लगाउन सकस परेको छ । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएका ती शवबाट डीएनए जाँचका लागि नमुनासमेत संकलन गर्न नसकिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार जेन–जी आन्दोलन आसपासका समयमा हराएका व्यक्तिको रिपोर्टका आधारमा उनीहरूको परिवार पत्ता लगाउने कोसिस भइरहेको छ । तर, डीएनएसमेत निकाल्न कठिनाइ भएपछि समस्या भएको उनी बताउँछन् । ‘त्यो अवधिमा आफन्त हराएको भन्दै आएका उजुरीहरूलाई आधार बनाएर अनुसन्धान गरेका थियौं,’ थापाले भने, ‘त्यसक्रममा यो घटनासँग सम्बन्धित हुन सक्ने ७–८ वटा फाइललाई छुट्टै हेरिरहेका छौं ।

प्रहरीले घटना भएको केही दिनपछि शवहरू संकलन गरेर त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा बुझाएको थियो । तर, चिकित्सकहरूले शवको पोस्टमार्टम जाँच गर्न सकिने अवस्था नै नरहेको जवाफ दिएका थिए । फरेन्सिक विभागका एक चिकित्सकका अनुसार प्रहरीले त्यसबेला फरकफरक झोलामा राखेर शवको जलेका अवशेषहरू ल्याएको थियो, जसमा परीक्षण गर्न सकिने केही बाँकी थिएन । ‘प्रहरीले ल्याएको शव लगभग पूर्णतः खरानी भइसकेको थियो, त्यसैले डीएनए जाँचमार्फत प्रक्रिया अघि बढाउन सकिने राय दिएका थियौं,’ उनले भने, ‘बाँकी अवशेषहरूचाहिँ यहीं राखेका थियौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
दार्चुलामा भूकम्पको धक्का
दार्चुलामा भूकम्पको धक्का
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
ओलीले बोलाए एमाले सचिवालय बैठक
ओलीले बोलाए एमाले सचिवालय बैठक
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...