एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ

सारांश

  • एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
  • गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको उनको भनाइ छ ।

१६ चैत, सिराहा । एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिए । गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको उनको भनाइ छ । उनका अनुसार प्रश्नपत्र बाहिरिएका विषयमा राष्ट्रिय परीक्षा बोर्डमा रिपोर्ट पठाइएको र माथिबाट आउने निर्देशनको आधारमा निर्णय लिइने छ ।

शुक्रबार नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको थाहा भएको छ । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको बताइएको छ । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
बलात्कार आरोपित प्रहरी जवान थुनामा
बलात्कार आरोपित प्रहरी जवान थुनामा
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो
सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
आज मौसम मुख्यतया सफा रहने
आज मौसम मुख्यतया सफा रहने