भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
३०० पटक हेरिएको
Shares
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन

सारांश

  • सर्वोच्च अदालतले सर्दु जलाधारको जग्गा कायम गरिदिएपछि अब जलाधार क्षेत्रमा भइरहेको भूमाफियाको चलखेलरोकिने आधार तय भएको छ ।
  • धरानको खानेपानीको मुख्य स्रोत मानिएको सर्दु जलाधारको जग्गामाथि भूमाफियाको चलखेल हुँदै आएको थियो ।
  • जलाधारका जग्गाका विषयमा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतमा पुगेका डेढदर्जन मुद्दाहरूका चाङकाबीच चैत १२ गतेको पूर्ण इजलासले मुद्दा पर्न थालेको करिब २४ वर्षयताको सन्दर्भहरूलाई किनारा लगाइदिएको हो ।

२७ चैत, सुनसरी ।

सर्वोच्च अदालतले सर्दु जलाधारको जग्गा कायम गरिदिएपछि अब जलाधार क्षेत्रमा भइरहेको भूमाफियाको चलखेलरोकिने आधार तय भएको छ । धरानको खानेपानीको मुख्य स्रोत मानिएको सर्दु जलाधारको जग्गामाथि भूमाफियाको चलखेल हुँदै आएको थियो ।

जलाधारका जग्गाका विषयमा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतमा पुगेका डेढदर्जन मुद्दाहरूका चाङकाबीच चैत १२ गतेको पूर्ण इजलासले मुद्दा पर्न थालेको करिब २४ वर्षयताको सन्दर्भहरूलाई किनारा लगाइदिएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले सर्दु जलाधारको जग्गा कायम गरिदिएर जलाधारको पक्षमा फैसला गरिदिएको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

‘बाझगरा ९ क घोपा ७ घ र ङ रोक्का फुकुवा तथा सर्दुजलाधार सिमांकन पहल समिति’ का संयोजक हरिबहादुर कार्की र सहसंयोजक टिकाराम राईकाअनुसार सर्वोच्च अदालतको उक्त फैसलाले बाझगरा ९ ख, ९ ग, ९ घ, ९ ङ र ९ च, घोपा ७ क, ७ ख, ७ ग, ७ च, ७ छ, र ७ ज भित्र पर्ने ३४८ विघा ५ कट्ठा १५ धुर जग्गालाई जलाधारको नाममा निषेधाज्ञा जारी गरिदिएर मुद्दाको छिनोफानो गरिदिएको छ ।

संयोजक कार्कीले अनलाइनखबरसँग भने, ‘सर्वोच्च अदालतको यो फैसलाले सर्दु जलाधारको जग्गामा खेलोफड्को गर्ने भूमाफियाहरूको रोक्ने भूमिका खेलेको छ । अब कसैको केही लाग्नेवाला छैन । भूमाफियाहरूले मालपोत र नापी अनि राजनीतिक दलका नेताहरूसँग मिलोमतोमा जलाधारको जग्गा बेचविखन गरे तर ती सबैलाई अदालतको फैसलाले अवैध ठहर्‍याउँदै जलाधार कायम गरिदिएको छ । यो धरानको जित हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे
आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे
एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
चित्रलेखा यादव अस्ट्रेलियाको राजदुतमा नियुक्त
चित्रलेखा यादव अस्ट्रेलियाको राजदुतमा नियुक्त
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन
१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन