एसपीमा बढुवाका लागि ८ जना सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
एसपीमा बढुवाका लागि ८ जना सिफारिस

सारांश

  • प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा आठ जना बढुवा सिफारिस भएका छन् ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार एसपी पदमा बढुवाका लागि ढकेन्द्र खतिवडा, अंगुर जिरी, यादव ढकाल, सन्तोष तामाङ्ग, श्यामबाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे सिफारिस भएका छन् ।
  • विगत १० महिनाको अवधिमा नेपाल प्रहरीमा एसपीका ८ पद नै रिक्त थिए ।

१५ चैत, काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा आठ जना बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसपी पदमा बढुवाका लागि ढकेन्द्र खतिवडा, अंगुर जिरी, यादव ढकाल, सन्तोष तामाङ्ग, श्यामबाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे सिफारिस भएका छन् । विगत १० महिनाको अवधिमा नेपाल प्रहरीमा एसपीका ८ पद नै रिक्त थिए । प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने भए पनि १० महिनासम्म पद रिक्त हुँदा उम्मेदवारहरु मर्कामा परेका थिए ।

एसपीका रिक्त ८ पदका लागि १२ जना प्रतिस्पर्धामा थिए । तर प्रतिस्पर्धीहरुमध्ये प्रदीपकुमार क्षेत्री, नारायण रञ्जितकार, एकनारायण कोइराला र अनन्तराम शर्मा भने बढुवा सिफारिसमा परेनन् ।

बढुवा सिफारिस समितिको सूचना :-

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?