इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १२, २०८२
|
|
३८ पटक हेरिएको
Shares
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी

सारांश

  • सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला गरिएको र अहिलेसम्म दोषीहरुलाई कारबाही नगरिएको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ ।
  • बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका सदस्यहरुले घटनामा किटानी जाहेरी दिँदासमेत लिन नमानिएको र हत्यारालाई जोगाउन खोजिएको कुरा आफूहरुले पटक पटक उठाएको दाबी गरेका हुन् ।
  • इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न नसक्नु र पीडितहरुले न्यायको लागि सडक संघर्ष गर्नुपर्ने कुरा राज्य असफलता भएको प्रमाणित भएको उनीहरुको भनाई छ ।

१२ चैत,काठमाडौं ।

सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला गरिएको र अहिलेसम्म दोषीहरुलाई कारबाही नगरिएको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका सदस्यहरुले घटनामा किटानी जाहेरी दिँदासमेत लिन नमानिएको र हत्यारालाई जोगाउन खोजिएको कुरा आफूहरुले पटक पटक उठाएको दाबी गरेका हुन् ।

इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न नसक्नु र पीडितहरुले न्यायको लागि सडक संघर्ष गर्नुपर्ने कुरा राज्य असफलता भएको प्रमाणित भएको उनीहरुको भनाई छ । अभियन्ता जीवन तिरुवाले महिलाहरुको न्यायको लागि आफूहरुले निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । इनिशाले न्याय नपाएसम्म शव नउठ्ने पनि उनको भनाई छ । राज्यले ठीक जवाफ नदिएसम्म र पीडितलाई न्याय नदिएसम्म संघर्ष समिति निरन्तर संघर्षमा रहने पनि उनको चेतावनी छ । इनिशा विक, रश्मिका परियारलगायतलाई न्याय दिन राज्य तयार नहुँदासम्म तबसम्म आन्दोलन निरन्तर हुने र त्यो आन्दोलनबाट हुने क्षतिको जिम्मा पनि सरकारले लिनुपर्ने बताए । भोलि चैत्र १३ गते शान्तिपूर्ण आन्दोलन गरिने पनि चेतावनी दिए ।

बलात्कारपछि हत्या प्रकरण प्रहरी प्रशासनले कडाईका साथ अनुसन्धान गर्नुपर्ने र कारबाही गरिनुपर्ने उनीहरुको माग छ । उनीहरुले महिलाहरुको न्यायको लागि आफूहरु सडकबाटै क्रान्ति गर्नपनि तत्पर रहेको उद्घोष गरेका छन् । कार्यक्रममा बोल्दै सविना सिंह ठकुरीले आफूहरुले विगत १७ दिनदेखि इनिशा विकले न्याय पाउनुपर्छ भनेर सडकमा प्रदर्शनमा उत्रिएको स्मरण गराईन् । उनले भने,‘१७औं दिनसम्म पनि हामीले इनिशा विक बहिनीको न्यायको अनुभूति गरेका छैनौं । सामाजिक सञ्जालमा जबरजस्ती करणी होईन भनेर हालिएको छ, यस्तो कुरामा हाम्रो असहमति छ । हामी अझै सडक संघर्ष समितिबाट अघि बढ्छौं । हामी इनिसासँगै १२ जना चेलीहरु जो बलात्कारपछि हत्याको शिकार भएका छन्, उनीहरुको न्यायको लागि आवाज उठाइरहन्छौं ।’ उनले सडक संघर्ष समितिको आवाज बालेन शाहले पनि सुन्नुपर्ने बताइन् ।

बालेन शाह प्रधानमन्त्री बन्न लागेको भन्दै शाह नेतृत्वको सरकारले महिला हिंसाको घटनामा कस्तो कदम चाल्छ भनेर नजिकबाट नियाल्ने र पीडितहरुको न्यायको पक्षमा कदम नचाले संघर्षलाई सशक्त बनाउने पनि उनको चेतावनी छ । उनले भोलिबाट सडक संघर्ष समितिले मौन आन्दोलन सुरु गर्ने बताइन् । समितिले छानबिनमा खटिएका एसपी सुधीरराज शाहीको राजीनामासमेत मागेको छ । उनले भनिन्,‘खबरदार छ सुधिरराज शाहीलाई, तपाईंले निश्पक्ष छानबिन नगरेर गलत तरिकाको छानबिन गर्नुभयो, तपाईंको यो छानबिनप्रति असहमति जनाउँदै तपाईंको एसपीबाट राजीनामा माग्छौं । महिला आयोगको अध्यक्षको पनि राजीनामा माग्दछौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
मोरङको जंगलमा भेटियो पुरुषको शव
मोरङको जंगलमा भेटियो पुरुषको शव
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित