Press 4K
आइतबार, १८ आश्विन २०८३

हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
५९ पटक हेरिएको
Shares
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु

सारांश

  • बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ ।
  • यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।
  • एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो ।

९ चैत,बाजुरा ।

बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।

एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो । उनको र नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । बाँच्ने आशामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुरता र उनको नवजात शिशुको अन्ततः ज्यान गएको हो ।

सुरता लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् । डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको थिए । उनले जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन् । पछि स्वास्थ्यमा जटिल समस्या हुँदै गएपछि थप उपचारका लागि सुविधायुक्त अस्पतालमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो । बाजुरामा उपचार गर्न समस्या भएपछि थप उपचारको लागि तत्काल उद्धार गर्न हेलिकप्टर मगाएर बाहिर जिल्ला पठाइएको थियो । उनका परिवार र स्थानीयबासीले बाँच्ने उनलाई आशा राखेपनि आशा निराशामा परिणत भई आमासहित शिशुको मृत्यु भएको हो ।

चिकित्सकहरूले अथक प्रयासका बाबजुद पनि आमा र नवजात शिशु दुवैलाई बचाउन सकेनन् । घटनाले बाजुरा जस्तो दुर्गम तथा पिछडिएको क्षेत्रमा अझै गम्भीर स्वास्थ्य समस्या, सचेतनाको कमी लगायतका समस्याहरु यथावत् रहेको देखाएको हो। आवश्यक परामर्श र नियमित उपचारको पहुँच नहुँदा यस्ता दुःखद घटनाहरु दोहोरिने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
२७ वटा हराएका दुई पाङग्रे सवारी साधन प्रहरीद्वारा धनीलाई हस्तान्तरण
२७ वटा हराएका दुई पाङग्रे सवारी साधन प्रहरीद्वारा धनीलाई हस्तान्तरण
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...