इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन

सारांश

  •   इरानको विदेश मन्त्रालयले आफ्नो देशलाई संयमताका लागि अपिल गर्नुको कुनै अर्थ नभएको बताएको छ ।
  • इरानको सरकारी समाचार एजेन्सी आईआरएनएकाअनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आक्रमण भएको देशबाट यस्तो कुराको अपेक्षा गर्नु अनुचित भएको बताएका हुन् ।
  • उनले भने, ‘युद्ध रोक्ने जिम्मेवारी तिनै देशको हो, जसले सुरुवात गरे ।

८ चैत, काठमाडौं । 

इरानको विदेश मन्त्रालयले आफ्नो देशलाई संयमताका लागि अपिल गर्नुको कुनै अर्थ नभएको बताएको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएकाअनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आक्रमण भएको देशबाट यस्तो कुराको अपेक्षा गर्नु अनुचित भएको बताएका हुन् ।

उनले भने, ‘युद्ध रोक्ने जिम्मेवारी तिनै देशको हो, जसले सुरुवात गरे ।’  गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गरेयता युद्ध जारी छ । पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा वरिष्ठ अधिकारी मारिएका थिए ।

बदलामा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकाका सहयोगी देशमा हवाई हमला गर्दा पूरै मध्यपूर्व द्वन्द्वमा फसेको छ । यसैबीच इरानले शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?