रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ७, २०८२
|
|
४८ पटक हेरिएको
Shares
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध

सारांश

  • अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।
  • रोशी खोलाले अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो ।

७ चैत, काभ्रेपलाञ्चोक ।

अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाले अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो । ‘निर्माणको काम भइरहेकोले बिपी राजमार्गको धेरै खण्ड रोशी खोलाको किनारमा अवस्थित छ ।

रोशी खोला को बहाव बढेर राजमार्गमा छिरेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ’, एसपी शाहले भने । उनका अनुसार सडक विभाग र स्थानीय तहसँगको समन्वयमा राजमार्ग खुलाउने कार्य भइरहेकोले यात्रुहरुलाई राजमार्गको  अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ । काभ्रेखण्डको सवारीसाधनहरुलाई भकुण्डे र कटुन्जेमा होल्ड गरिएको छ । त्यस्तै राजमार्ग अवरुद्ध भएपछि राजमार्गको सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा सवारी साधन होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । २०८१ र ०८२ मा आएको अविरल वर्षाको कारण रोशी खोलाले बिपी राजमार्ग बगाएपछि अहिले भकुण्डे-नेपालथोक खण्ड निर्माणाधीन अवस्थामा छ । निर्माणको क्रममा राजमार्गलाई रोशी खोलाको बगरमा डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद
रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद
अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...