शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ५, २०८२
|
|
२९ पटक हेरिएको
Shares
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने

सारांश

  • उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘बहुगन्तव्य शैक्षिक मेला’ हुने भएको छ ।
  • गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा भोली शुक्रबार बागबजारस्थित सल्यान हाउसमा मेला आयोजना गर्न लागेको हो ।
  • गोरेटोका मुख्य कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलका अनुसार मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

५ चैत,काठमाडौं ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘बहुगन्तव्य शैक्षिक मेला’ हुने भएको छ । गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा भोली शुक्रबार बागबजारस्थित सल्यान हाउसमा मेला आयोजना गर्न लागेको हो । गोरेटोका मुख्य कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलका अनुसार मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा विशेषगरी अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका शैक्षिक अवसरबारे विस्तृत जानकारी दिइने आयोजकले जनाएको छ । मेलामा १५ भन्दा बढी अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ । विद्यार्थीले ती प्रतिनिधिसँग आफ्नो अध्ययन योजना, रुचिअनुसारका पाठ्यक्रम, छात्रवृत्ति सुविधा, भर्ना प्रक्रिया र भिसा मार्गनिर्देशनका विषयमा प्रत्यक्ष परामर्श लिनेछन्।

एउटै थलोमा विभिन्न देशका शैक्षिक विकल्पबारे बुझ्न र तुलना गर्न सकिने भएकाले यो मेला विद्यार्थीका लागि निकै फलदायी हुनेछ, बजार व्यवस्थापक प्रकाश रेग्मीले भने । विदेशमा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो मेला गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य बन्दै चितवनको जनजीवन: कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी
सामान्य बन्दै चितवनको जनजीवन: कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
धादिङमा ट्याक्टर दुर्घटना,  दुई युवकको मृत्यु
धादिङमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने
‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्‍याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय
केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्‍याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु