मातृकाको सांसद पद जोगियो, किशोरीले पाएनन् अन्तरिम आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १, २०८२
|
|
३० पटक हेरिएको
Shares
मातृकाको सांसद पद जोगियो, किशोरीले पाएनन् अन्तरिम आदेश

सारांश

  • सर्वोच्च अदालतले रास्वपाका धनुषा क्षेत्र नं १ का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
  • आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले किशोरी साह कमलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
  •   निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

१ चैत, जनकपुरधाम ।

सर्वोच्च अदालतले रास्वपाका धनुषा क्षेत्र नं १ का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले किशोरी साह कमलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको उजुरीका आधारमा आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साह सर्वोच्च गएका थिए। यसअघि शुक्रबार सर्वोच्च अदालतले नै साहलाई कालोसूचीबाट हटाउन आदेश दिएको थियो। कर्जा सूचना केन्द्रले नै उनको नाम कालोसूचीबाट हटाउने पत्र पठाएपछि सर्वोच्चले त्यही अनुसार आदेश जारी गरेको थियो। कालो सूचीबाट हटाउने आदेश भए पनि सर्वोच्चले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध आदेश गर्दै उनलाई सांसद घोषणा गर्न भने अस्वीकार गरेको हो। यसअघि आयोगले यो क्षेत्रमा दोस्रो बढि मत ल्याएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई सांसदको प्रमाण पत्र दिइसकेको छ। किसोरीको उम्मेदवारी खारेज भए पनि आयोगले उनको चुनाव चिह्नमा आएको मतको विवरण पनि राखेको थियो। त्यतिबेलै आयोगले पछि सर्वोच्चको आदेश अनुसार हुने भन्दै यादवलाई प्रमाण पत्र दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने
अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
इलामका ८ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
इलामका ८ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण
गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ