३० फाल्गुन २०८२, शनिबार

महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा

 

३० फागुन,काठमाडौं ।

काठमाडौंको महाराजगञ्जस्थित सेल्सबेरी टावरमा नयाँ रेस्टुरेन्ट तथा वेलनेस केन्द्र ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा आएको छ । शनिबार सो केन्द्रको भव्य उद्घघाटन गरिएको हो । महाराजगञ्ज–३, काठमाडौंस्थित सेल्सबेरी टावरमा अवस्थित यस केन्द्रले रेस्टुरेन्ट सेवा तथा स्वास्थ्यसम्बन्धी वेलनेस सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।

नयाँ उद्यमको सुरुवातसँगै ग्राहकहरूलाई गुणस्तरीय खानपानका साथै आरामदायी र स्वास्थ्य–केन्द्रित वातावरण उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालक पक्षले जनाएको छ ।केन्द्रका सञ्चालक भरतबहादुर खत्रीका अनुसार स्वदेशमै केही गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रमा सफल भइसकेका युवाहरूको टोलीले मिलेर यो उद्यम सुरु गरेको हो । उनले भने, ‘हामी स्वदेशमै बसेर काम गर्ने युवाहरूको एउटा टोलीले यो उद्यम सुरु गरेका हौं । हामी सबै मूल रूपमा रेस्टुरेन्ट वा वेलनेस व्यवसायमा संलग्न थिएनौं, तर विभिन्न क्षेत्रमा काम गरेर अनुभव हासिल गरिसकेका व्यवसायीहरू हौं । उमेर बढ्दै जाँदा स्वास्थ्य र वेलनेसको महत्व झन् बढ्दै जाने भएकाले यो अवधारणा अघि सारेका हौं ।’


यस केन्द्रमार्फत ग्राहकहरूलाई स्वादिष्ट खानाका साथै स्वास्थ्य र विश्रामसँग सम्बन्धित सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ । नयाँ उद्यमको सुरुवातसँगै ग्राहकहरूलाई गुणस्तरीय खानपान र आरामदायी वातावरण उपलब्ध गराउने उद्देश्य राखिएको सञ्चालक पक्षले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?