बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

सारांश

  •   बाजुराः बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ ।
  • सुरुवातीदेखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लालबहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन्।
  • बाजुराको हिमाली,खप्तड छेडेदह ,स्वामिकार्तिक, बुढीगंगा र जगन्नाथको मतगणना सकिँदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा ८ हजार ६ सय ८७ मत प्राप्त गरेका छन्।

२३ फागुन,बाजुरा। 

बाजुराः बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । सुरुवातीदेखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लालबहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन्। बाजुराको हिमाली,खप्तड छेडेदह ,स्वामिकार्तिक, बुढीगंगा र जगन्नाथको मतगणना सकिँदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा ८ हजार ६ सय ८७ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले ८ हजार २ सय १७ मत पाएका हुन्। कांग्रेसका गिरी एमालेका थापा भन्दा ४ सय ७० मतले अग्र स्थानमा छ्न्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३ हजार ७ सय ९५ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्। नेकपाका प्रकाश बहादुर शाहले १ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्। त्यस्तै केशर शाहीले हलो चिन्हमा १ सय ८७,दिपक डिसिले आँखामा ८६,भुपेन्द्र विक गुलाफमा १७४ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा ५९ मत पाएका छन्।

बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो ।एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् । अब बडिमालिका, बुढिनन्दा,गौमुल र त्रिबेणि नगरपालिकाका मत गणना गर्न बाँकी रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता
रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ
राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ
वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृ*त्यु
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृ*त्यु
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न