मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २६, २०८२
|
|
२६० पटक हेरिएको
Shares
मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु

सारांश

  • मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु भएको छ।
  • मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा आयोजना गरिएको प्रदर्शनीको प्रदेश प्रमुख डा.
  • सुरेन्द्र लाभले उद्घाटन गरेका हुन्।

 

जनकपुरधाम ।

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु भएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा आयोजना गरिएको प्रदर्शनीको प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उद्घाटन गरेका हुन्। माघ २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको मूल आयोजक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोष रहेका छन्। प्रदर्शनीमा जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा–प्रतिष्ठान र राजर्षि जनक विश्वविद्यालयको सहकार्य रहेको छ भने नेपाल पर्यटन बोर्ड कला प्रवर्धकका रूपमा रहेको छ।

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा मैथिली भाषा, साहित्य, परम्परा र कलासँग सम्बन्धित विभिन्न हस्तकला तथा चित्रकला प्रदर्शनमा राखिएका छन्। साथै मधेश प्रदेशमा बसोबास गर्ने अन्य भाषा–भाषी समुदायको संस्कृति, जीवनशैली र रहन–सहन झल्काउने कलाकृतिहरू पनि प्रदर्शनीमा समावेश गरिएको छ। प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मधेश प्रदेश अन्नको भण्डार मात्र नभई कला, चिन्तन र कविको महासागर भएको बताए। मधेशका गाउँघरका आमाहरूले घरका भित्तामा कोर्दै आएका चित्रकलाहरू आज देश–विदेशमा चिनिनु गर्वको विषय भएको उनले उल्लेख गरे।मिथिला चित्रकलालाई ग्रामीण परिवेशबाट आधुनिक युगसँग जोड्ने काम यस प्रकारका प्रदर्शनीले गरिरहेको प्रदेश प्रमुख लाभको भनाइ थियो। उनले ललितकला मनोरञ्जन मात्र नभई समाजको ऐना र राष्ट्रको पहिचानको मेरुदण्ड भएको बताए। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले देशको संस्कृति, कला, साहित्य र परम्परालाई जीवित राख्न प्रज्ञा–प्रतिष्ठानले निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धसिएको कृष्णभिरको सडक मर्मत सुरु
धसिएको कृष्णभिरको सडक मर्मत सुरु
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन
टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड
भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड