Press 4K
शनिबार, २७ भाद्र २०८३

नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १, २०८२
|
|
३० पटक हेरिएको
Shares
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्नेमा जोड दिएका छन् ।
  • ४२ औँ ‘पिस्कर सहिद स्मृति’ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहासदेखि नै संघर्ष, त्याग र बलिदानको परम्परा निरन्तर चलिरहेको बताए ।
  • अध्यक्ष ओलीले संघर्ष आफूहरूबाट मात्रै सुरु नभएको उल्लेख गर्दै भने,‘इतिहासमा पहिले पनि संघर्ष थियो, अहिले पनि छ ।

 

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्नेमा जोड दिएका छन् । ४२ औँ ‘पिस्कर सहिद स्मृति’ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहासदेखि नै संघर्ष, त्याग र बलिदानको परम्परा निरन्तर चलिरहेको बताए । अध्यक्ष ओलीले संघर्ष आफूहरूबाट मात्रै सुरु नभएको उल्लेख गर्दै भने,‘इतिहासमा पहिले पनि संघर्ष थियो, अहिले पनि छ । बलिदानको शृङ्खला पहिले पनि थियो, अहिले पनि जारी छ । जनतामाथि आक्रमण र दमनका बीचमा पनि जनताले संघर्ष जारी राख्दै उपलब्धि हासिल गरेका छन् ।’

उनले उपलब्धि र संघर्ष दुवै सँगसँगै अघि बढिरहेको उल्लेख गर्दै अझैपनि त्याग र बलिदान गर्नुपरेको बताए । अध्यक्ष ओलीले वर्तमान राजनीतिक संघर्षको मुख्य विषय नेपालमा नेपालीकै सरकार स्थापना गर्ने रहेको स्पष्ट पारे । उनले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएकाले यहाँ विदेशी होइन, नेपाली सरकार हुनुपर्ने धारणा राखे । उनले भने, ‘आजको राजनीति हामीले बुझ्न जरुरी छ । आजको राजनीति र राजनीतिक लडाई दुईवटा कुराको बीचमा छ । पछिको गन्तव्य अर्को होला प्रतिक्रियावादीहरुको । आजको गन्तव्य नेपालमा नेपाली सरकार बन्नु हुँदैन । उनीहरुको कुरा यस्तो छ, अहिले हाम्रो संघर्ष अरु भन्दा पनि नेपालमा नेपालीको सरकार हुनुपर्छ । नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो । यो स्वतन्त्र राष्ट्र हो र यहाँ नेपाली सरकार हुनुपर्दछ । विदेशीको सरकार होइन ।’ उनले नेपालीकै सरकार हुनुपर्छ भन्ने शक्तिहरूमाथि आक्रमण भएको आरोपसमेत लगाए । उनले मनोबल कमजोर पार्न व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भवनमा आगजनी गरिएको तथा नेपाली अर्थतन्त्र बलियो हुनुपर्छ भन्ने उद्योग–व्यवसायहरूमा आक्रमण गरिएको बताए ।

अध्यक्ष ओलीले यस्ता गतिविधिविरुद्ध सचेत रहँदै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘नेपालीको सरकार हुनुपर्छ भन्नेहरुको घरहरुमा छानीछानी आगो लगाइयो । त्यस्तो भन्ने राजनीतिक पार्टीहरु जलाइएका छन् । नेपालीकै सरकार भएको हुनाले नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका भवन आगो लगाउने, कार्यपालिका भवन आगो लगाउने, न्याय पालिका भवन आगो लगाउने, नेपालको राष्ट्रिय अर्थतन्त्र, नेपाली अर्थतन्त्र हुनुपर्छ भन्ने अरुका उद्योगहरु जलाउने काम भए ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ
ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी
संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...