पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
३० पटक हेरिएको
Shares
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत

सारांश

  • नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी एकता कायम राख्न पार्टी सभापति शेर बहादुर देउवाले आफ्नो सट्टामा टिकटमा हस्ताक्षर अरु नेताहरुलाई दिन तयार रहेको जानकारी गराएका छन् ।
  • बुधबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका उनले केन्द्रीय समितिले पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको उल्लेख गरे ।
  • साथै उनले सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुदैँन् भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार रहेको बताए ।

३० पुस, काठमाडौं ।

नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी एकता कायम राख्न पार्टी सभापति शेर बहादुर देउवाले आफ्नो सट्टामा टिकटमा हस्ताक्षर अरु नेताहरुलाई दिन तयार रहेको जानकारी गराएका छन् । बुधबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका उनले केन्द्रीय समितिले पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको उल्लेख गरे । साथै उनले सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुदैँन् भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार रहेको बताए ।

उनले भने, ‘छलफलमा पार्टी सभापतिले अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको पार्टी एकता हो । यो पार्टी फुट्नु हुदैँन् र मैले यो एकता कायम राख्न मैले के गर्नुपर्छ गर्न तयार छु भन्ने जस्तो कुरा गर्नु भएको छ । उहाँले अहिले हस्ताक्षरको कुरा उठेको रहेछ अरु कसैको टिकटमा हस्ताक्षर दिएर एकता हुन्छ भनेदेखि म तयार छु । केन्द्रीय समितिले नै पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको हो त्यही हस्ताक्षरबाट समानुपातिक, राष्ट्रिय सभाको सुची गयो अब प्रत्यक्षको बाँकी छ यसमा सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुदैँन् भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार छु भन्नु भएको छ ।’ यस्तै, उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई चुनाव नलड्न भनेर आग्रह भने नगरेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित