विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय छ : मन्त्री सिन्हा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय छ : मन्त्री सिन्हा

सारांश

  • कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय रहेको बताएका छन् ।
  • राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा मन्त्री सिन्हाले विधायन ऐन जारी भएपश्चात जारी भएका ऐन र अध्यादेशको अभिलेख मन्त्रालयमा राखी राष्ट्रिय अभिलेखालयमा पत्र पठाउने कार्यको प्रारम्भ गरिएको जानकारी दिए ।
  • विधायन ऐनअनुसार प्रत्यायोजित विधायनहरू राजपत्रमा प्रकाशित गर्ने, सरोकारवालाहरूको छलफलको लागी मन्त्रालयको वेबसाईटमा प्रकाशित गर्ने लगायतका काम गरिरहेको पनि जानकारी उनले गराए ।

 

६ पुस, काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय रहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा मन्त्री सिन्हाले विधायन ऐन जारी भएपश्चात जारी भएका ऐन र अध्यादेशको अभिलेख मन्त्रालयमा राखी राष्ट्रिय अभिलेखालयमा पत्र पठाउने कार्यको प्रारम्भ गरिएको जानकारी दिए । विधायन ऐनअनुसार प्रत्यायोजित विधायनहरू राजपत्रमा प्रकाशित गर्ने, सरोकारवालाहरूको छलफलको लागी मन्त्रालयको वेबसाईटमा प्रकाशित गर्ने लगायतका काम गरिरहेको पनि जानकारी उनले गराए ।

‘विधायन ऐन जारी भएपश्चात जारी भएका ऐन र अध्यादेशको अभिलेख मन्त्रालयमा राखी राष्ट्रिय अभिलेखालयमा राखी पत्र पठाउने कार्यको प्रारम्भ गरिएको छ । ऐन जारीभएपश्चात जारी भएका ५ वटा ऐन र अध्यादेशको अभिलेख राष्ट्रिय अभिलेखालयमा पठाईसकेको छ । विधायन ऐन जारी भएपश्चात जारी भएका नेपाल राजपत्रमा प्रकाशित हुने प्रत्यायोजित विधायनको हकमा सोही बखत र अन्य प्रत्योजित विधायनको हकमा स्वीकृत भई मन्त्रालयमा प्राप्त भएपश्चात दर्ता गरी एकप्रति मन्त्रालयको अभिलेख र एक प्रति मन्त्रालय वा निकायमा पठाउने व्यवस्था गरिएको छ,’ मन्त्री सिन्हाले भने । विधायन ऐन जारी हुनुपूर्वको अधिकार प्रयोग गरी भएका पत्यायोजित विधायनका हकमा ऐन जारी भएको १ वर्षभित्र दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्थाअनुसार मन्त्रालयले दर्ता प्रक्रियाको कार्य थालनी गरेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म नियमावली ८ वटा, निर्देशिका ६ वटा, कार्यविधि ३४ वटा र विनियमावली ५ वटा दर्ता दर्ता हुन आएका छन् ।

आवश्यक विधेयकको मस्यौदा निर्माण गर्न समेत सरकार लागेको जानकारी दिँदै उनले चालु आर्थिक वर्षमा  १ सय २१ वटा विधेयकहरू संसदमा पेश गरिने बताए । उक्त विधेयकको प्राथमिकीरण गरी सम्बन्धित मन्त्रालयमा मस्यौदा तयार गर्नको लागि पठाइएको पनि उनले बताए । सरकारले नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा १ सय २१ वटा नयाँ कानून बनाउने लक्ष्य लिएको उनको भनाइ  । प्रत्यायोजित विधायन स्वीकृत गर्ने निकायबाट प्रमाणीकरण भई प्राप्त भएको मितिले सात दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायले कानून मन्त्रालयमा दर्ता गर्न पठाउनुपर्ने व्यवस्था अनुरुप कार्यान्वयनका लागि सम्बन्धित मन्त्रलायमा पत्र पठाइसकेको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
नगरकोटमा सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू
नगरकोटमा सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू
एसपीमा बढुवाका लागि ८ जना सिफारिस
एसपीमा बढुवाका लागि ८ जना सिफारिस
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्