१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक १०.
  • ६६ अंकले घटेर २६१५.
  • ०३ विन्दुमा रोकिएको छ ।

३ पुस, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा रोकिएको छ । अघिल्लो बुधबार भने नेप्से २६२५.६९ अंकमा पुगेर रोकिएको थियो । यसदिन सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेकोछ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । यसदिन कुल ३२९ स्टकको ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६४ हजार पटकको कारोबारमा भएको हो ।

यसअघि बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यी दुई कम्पनीको शेयर १० प्रतिशतभन्दा धेरैले बढेको हो । यस्तै, सिन्धु विकास बैंकको शेयर मूल्य पनि साढे ९ प्रतिशतले बढेको छ । यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको शेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो । यस्तै, यसदिन कारोबार रकमका आधारमा बाराहि हाइड्रो पावर, राधि जलविद्युत कम्पनी र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त र अन्य उपसमूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
नारायणगढ-मुग्लिन सडक ७ गतेदेखि ४ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडक ७ गतेदेखि ४ घण्टा बन्द हुने
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन,  दुर्घटनामा ६६ को ज्यान गयो
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध