आगो निभाउने क्रममा ज*लेर वृद्धको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
६१ पटक हेरिएको
Shares
आगो निभाउने क्रममा ज*लेर वृद्धको मृ*त्यु

सारांश

  • सङ्खुवासभाको चैनपुर नगरपालिका –४ मैदानेमा आगो निभाउने क्रममा जलेर वृद्धको मृत्यु भएको छ।
  • चैनपुर–४ मैदानेमा आगो निभाउने क्रममा जलेर ८८ वर्षीय वृद्ध दिल बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए।
  • चैनपुर–४ मैदाने श्याम चौकमा ग्यास लिग भएर श्याम लिम्बुको घरमा आगलागी भएको थियो।

२८ मंसिर, सङ्खुवासभा ।

सङ्खुवासभाको चैनपुर नगरपालिका –४ मैदानेमा आगो निभाउने क्रममा जलेर वृद्धको मृत्यु भएको छ। चैनपुर–४ मैदानेमा आगो निभाउने क्रममा जलेर ८८ वर्षीय वृद्ध दिल बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए। चैनपुर–४ मैदाने श्याम चौकमा ग्यास लिग भएर श्याम लिम्बुको घरमा आगलागी भएको थियो।

आगो निभाउने क्रममा आगो बढ्दै गएका जलेर श्यामका बुवा ८८ वर्षीय वृद्ध दिल बहादुरको मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताए। वृद्धको शव प्राथमिक स्वास्थ्य चौकी चैनपुरमा पोस्टमार्टमप्रश्चात परिवारको जिम्मा लगाएको छ।  आगलागीबाट जलेर ढुङ्गा सिमेन्टले बनेको पक्की घरको जलेर नष्ट भएको छ। आगो प्रहरी र स्थानीयको सहयोगमा करिब २ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। आगलागीमा परेर एक सय ५० मन अलैंची, १४ तोला सुन,१० लाख रुपैयाँ नगद किराना पसलका सामान, अन्नपात, भाडावर्तन र लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब दुई करोड ३६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल निवासमा आगजनी
राष्ट्रपति पौडेल निवासमा आगजनी
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने
आजपनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?
आजपनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ सम्म काठमाडौँमा
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ सम्म काठमाडौँमा
सेम्टेम्बरमा भित्रिए ८८ हजार २४८  पयर्टक
सेम्टेम्बरमा भित्रिए ८८ हजार २४८ पयर्टक
४४ देशका लागि संसदीय मैत्री समूह गठन
४४ देशका लागि संसदीय मैत्री समूह गठन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...