आगो निभाउने क्रममा ज*लेर वृद्धको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
आगो निभाउने क्रममा ज*लेर वृद्धको मृ*त्यु

सारांश

  • सङ्खुवासभाको चैनपुर नगरपालिका –४ मैदानेमा आगो निभाउने क्रममा जलेर वृद्धको मृत्यु भएको छ।
  • चैनपुर–४ मैदानेमा आगो निभाउने क्रममा जलेर ८८ वर्षीय वृद्ध दिल बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए।
  • चैनपुर–४ मैदाने श्याम चौकमा ग्यास लिग भएर श्याम लिम्बुको घरमा आगलागी भएको थियो।

२८ मंसिर, सङ्खुवासभा ।

सङ्खुवासभाको चैनपुर नगरपालिका –४ मैदानेमा आगो निभाउने क्रममा जलेर वृद्धको मृत्यु भएको छ। चैनपुर–४ मैदानेमा आगो निभाउने क्रममा जलेर ८८ वर्षीय वृद्ध दिल बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए। चैनपुर–४ मैदाने श्याम चौकमा ग्यास लिग भएर श्याम लिम्बुको घरमा आगलागी भएको थियो।

आगो निभाउने क्रममा आगो बढ्दै गएका जलेर श्यामका बुवा ८८ वर्षीय वृद्ध दिल बहादुरको मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताए। वृद्धको शव प्राथमिक स्वास्थ्य चौकी चैनपुरमा पोस्टमार्टमप्रश्चात परिवारको जिम्मा लगाएको छ।  आगलागीबाट जलेर ढुङ्गा सिमेन्टले बनेको पक्की घरको जलेर नष्ट भएको छ। आगो प्रहरी र स्थानीयको सहयोगमा करिब २ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। आगलागीमा परेर एक सय ५० मन अलैंची, १४ तोला सुन,१० लाख रुपैयाँ नगद किराना पसलका सामान, अन्नपात, भाडावर्तन र लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब दुई करोड ३६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु
जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु
निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला
निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
प्रतिनिधिसभा बैठक बस्दै,
प्रतिनिधिसभा बैठक बस्दै,
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति
सुनकोशी नदीको भैंसेमा भेटियो बालकको श*व
सुनकोशी नदीको भैंसेमा भेटियो बालकको श*व