श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या

सारांश

  • श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा छन् ।
  • शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

२८ मंसिर, काठमाडौं ।

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा छन् । शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । ९ मंसिरको राति साढे १० बजेतिर श्रीमती मिना शेर्पा र आफू ओखरबोट बजारबाट फर्कँर्दै गर्दा आफूखुसी बीच बाटोबाट हिँडेर बेपत्ता भएको भन्दै श्रीमान प्रेम दोर्चीले प्रहरीमा जाहेरी दिएका थिए ।

तर प्रहरी अनुसन्धानको क्रममा मिनाको हत्या भएको खुल्यो । मिनाको हत्या प्रहरीमा जाहेरी दिने उनै श्रीमान प्रेम दोर्चीले गरेको खुलेको प्रहरीले बताएको छ । त्यसरात बजारबाट घर फर्कने क्रममा विवाद भएपछि कुटपिट गरेर हत्या गरेपछि त्रिपालले बेरेर खाल्डो खनेर गाडेको श्रीमान् प्रेम दोर्चीले स्वीकार गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए । हत्या गरेर गाडेको अवस्थामा शव समेत प्रहरीले उत्खनन गरेको छ । घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा
गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
सवारी लाइसेन्सको अवधि अब १० वर्ष
सवारी लाइसेन्सको अवधि अब १० वर्ष
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
सिमलताल पहिरोः बगेका बसमा सवार पाँच जनाको शव भेटियो
सिमलताल पहिरोः बगेका बसमा सवार पाँच जनाको शव भेटियो
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर