लुम्बिनी सरकारले शुरू गर्‍यो सशस्त्र द्वन्दका घाइते र अपाङ्गता भएकाहरूको उपचार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २३, २०८०
|
|
६९ पटक हेरिएको
Shares
लुम्बिनी सरकारले शुरू गर्‍यो सशस्त्र द्वन्दका घाइते र अपाङ्गता भएकाहरूको उपचार

सारांश

  • लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार शुरू गरेको छ ।
  • उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलसँग समन्वय भएको प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले जानकारी दिए ।
  • सशस्त्र द्वन्दका क्रममा घाइते तथा अपाङ्गता भएकाहरूको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

२३ माघ, बुटवल। लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार शुरू गरेको छ ।

उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलसँग समन्वय भएको प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले जानकारी दिए । सशस्त्र द्वन्दका क्रममा घाइते तथा अपाङ्गता भएकाहरूको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । ‘घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति तस्वीर, जिल्ला प्रशासन कार्यालयको सिफारिश ल्याएमा उपचार गर्न पाइन्छ,’ उनले भने ।  घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीले विभिन्न आन्दोलनमा घाइते भएकाहरू आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको सुनासो आएकाले त्यसलाई मध्येनजर गरी कार्यक्रम शुरू गरिएको बताए ।

‘परिवर्तनका लागि भएको जनयुद्ध तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरू आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको सुनासो छ,’ उनले भने, ‘त्यसलाई मध्येनजर गरी कार्यक्रम शुरू गरिएको हो ।’ २०५२ सालदेखि तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र युद्ध शुरू गरेको थियो । १० वर्षसम्म चलेको उक्त युद्धमा कम्तीमा १७ हजार नागरिकले ज्यान गुमाएका थिए । यसक्रममा घाइते भएर अपाङ्गता भएकाहरूको संख्या पनि उत्तिकै छ । अहिले सोही युद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्री छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध उजुरी
नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध उजुरी
कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग
कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग
२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण
२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय