सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
३० पटक हेरिएको
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सारांश

  • नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठक जारी छ ।
  • मन्त्रिपरिषद् बैठकअघि हिजो बुधबार सरकार–जेनजी समूहबीच सम्झौता भएको थियो ।

२५ मंसिर, काठमाडौं ।

नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठक जारी छ । मन्त्रिपरिषद् बैठकअघि हिजो बुधबार सरकार–जेनजी समूहबीच सम्झौता भएको थियो । सम्झौता अनुसार सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ ।

नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक दलहरूको सत्तापलट गरेको थियो । त्यही बलमा जेनजी युवाहरूसमेतको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सरकार बनेको हो । जेनजीहरुले आन्दोलन अघि कुनै संगठित माग नराखेकाले आन्दोलनमा उठेका विषयहरु त्यत्तिकै बिलाउने जोखिम बढेको थियो । त्यसैले जेनजीका केही समूहले आफ्ना मागहरूलाई राज्यसमक्ष संस्थागत रुपमा दर्ता गराउन चाहेका थिए । तर के-के विषय दस्तावेजीकरण गर्ने भन्नेमा लामो समय रस्साकस्सी चल्यो । दुवै पक्षबीच बुधबार सिंहदरबारमा आन्दोलन संस्थागत गर्ने विषयलाई लिएर सम्झौता भएको हो । सम्झौता अनुसार, भाद्र २३–२४ को आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?