भ्रष्टाचारले कमजोर नागरिकको मौलिक अधिकार खोस्छ : प्रधानमन्त्री कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
भ्रष्टाचारले कमजोर नागरिकको मौलिक अधिकार खोस्छ : प्रधानमन्त्री कार्की

सारांश

  • अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् ।
  • ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार कमजोर नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन भएको बताइन् ।
  • ‘भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन, यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो,’ उनले भनिन्, ‘जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ ।

 

२४ मंसिर, काठमाडौं ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार कमजोर नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन भएको बताइन् ।

‘भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन, यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो,’ उनले भनिन्, ‘जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ ।’ उनले थपिन्, ‘यसैले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धता व्यक्त गरेको छ । पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन सक्दैन र यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको छ ।’ प्रधानमन्त्री कार्कीले नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व भएको धारणा राखिन् ।

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको उल्लेख गर्दै उनले फागुन २१ को निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको प्रधानमन्त्री कार्कीको दाबी छ । ‘२०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ । समयमै निर्वाचन सम्पन गर्न सबै पक्षलाई सहयोग गर्न नेपाल सरकार अपिल गर्दछ,’ उनले भनिन् । उनले थपिन्, ‘विशेषगरी हाम्रो नयाँ पुस्ता जेनजीले मानव अधिकारलाई कानुनी ग्रन्थमा सीमित नराखेर व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको छ । सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण हो, र म यसलाई सम्मान गर्दछु ।’ सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्ने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरिन् ।

उनले निर्वाचनमा खटिने सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउने बताइन् । सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रुपमा भाग लिन र निर्वाचनजस्तो यस लोकतान्त्रिक अनुष्ठानलाई सफल पारी मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नसमेत अनरोध गर्दछु ।’ सम्बोधनको क्रममा उनले समयमै निर्वाचन सम्पन गर्न सबै पक्षलाई सहयोग गर्न आह्वान गरिन् । निर्वाचनमा खटिने सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउने बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीको मागजायजथियो: एमाले नेता रघुवीर महासेठ
जेनजीको मागजायजथियो: एमाले नेता रघुवीर महासेठ
नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता   
नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता   
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने
हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु: देउवा
गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु: देउवा
एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन
एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
वीरगन्जमा ठूलो परिमाणमा चरेस बरामद, तस्कर फरार
वीरगन्जमा ठूलो परिमाणमा चरेस बरामद, तस्कर फरार