सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १९, २०८०
|
|
७९ पटक हेरिएको
Shares
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ

सारांश

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन महिना लामो अनुसन्धानपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ ।
  • सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले हठात पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले विरोध गरेको थियो ।

१९ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन महिना लामो अनुसन्धानपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ ।

सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हठात पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले विरोध गरेको थियो । तर सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरेर लामो अनुसन्धानपछि मात्र पक्राउ गरिएको स्पष्टीकरण दिएको छ । सीआईबीका अनुसार थापाले १० भदौ २०४३ मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रबर्धन सम्झौता भएको थियो । सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छालाजुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ । चौधरी समूहले ८ लाख मात्र लगानी गर्‍यो भने सर्वसाधरणको शेयर नै खुलाइएन । सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ । त्यो कम्पनीमा रहेको सरकारी शेयर अरुण चौधरीले नै किनेको भन्दै सीआईबीले भनेको छ, ‘सिंगो योजना जुत्ता कारखाना गरेर शेयर अनुसार लगानी गर्ने भन्दा पनि बाँसबारीका छालाजुत्ताको जग्गा लिने उद्देश्य देखिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा