सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २१, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद

सारांश

  • सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
  • हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ छिपाइ ढुवानी भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो।
  • नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता उक्त एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले एम्बुलेन्सलाई पछ्याएर जाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइएको ५१ किलो ५०० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।

२१ मंसिर, सर्लाही ।

सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ छिपाइ ढुवानी भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो। नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता उक्त एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले एम्बुलेन्सलाई पछ्याएर जाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइएको ५१ किलो ५०० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहट यमुनामाई – ४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादव रहेका छन्। बरामद गरिएको गाँजा, एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने
एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल
बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा
बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत