बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी

सारांश

  • बागमती प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमाले भन्दा ठूलो दल बनेको छ ।
  • नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका कम्युनिष्ट घटक र दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो ।
  • ४ मंसिर २०७९ को चुनावमा एमाले बागमती प्रदेशमा दोस्रो दलको रूपमा चुनिएको थियो ।

१८ मंसिर, काठमाडौं ।

बागमती प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमाले भन्दा ठूलो दल बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका कम्युनिष्ट घटक र दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । ४ मंसिर २०७९ को चुनावमा एमाले बागमती प्रदेशमा दोस्रो दलको रूपमा चुनिएको थियो । ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा ११० सदस्यीय प्रदेश सभा छ । २३८ स्थानीय तहका प्रमुख र उपप्रमुख छन् ।

प्रदेश सभामा ३७ सिटसहित कांग्रेस पहिलो दल छ । एमाले २७ सिटसहित दोस्रो दल रहेकोमा अब नेपाली कम्युनिष्ट पार्टीको २८ सिट भएको छ । तत्कालीन माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सिट एकीकरणपछि २८ सिट पुगेको हो । बागमतीमा राप्रपा १३, नेमकिपा ३, हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन् । स्थानीय तहतर्फ पनि नेपाली कम्युनिस्ट पार्टीले एमालेलाई उछिनेको छ । स्थानीय तहतर्फ बागमतीमा कांग्रेसका १०८ जना प्रमुख/उपप्रमुख छन् । एमालेका ६० जना रहेका छन् । माओवादीका ५७ र एकीकृत समाजवादीका ९ जोडिँदा अब नेपाली कम्युनिस्ट पार्टीका ६६ प्रमुख/उपप्रमुख पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो