उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने

सारांश

  • एसीसी मेन्स यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाली युवा टोलीले घरेलु टोली युएईसँग खेल्ने भएको छ।
  •   फाइनलमा पुगेसँगै नेपाल र युएईले यू–१९ एसिया कपमा स्थान पक्का गरेका छन्।
  • प्रिमियर कपबाट तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन्।

१३ मंसिर, काठमाडौं ।

एसीसी मेन्स यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाली युवा टोलीले घरेलु टोली युएईसँग खेल्ने भएको छ।  फाइनलमा पुगेसँगै नेपाल र युएईले यू–१९ एसिया कपमा स्थान पक्का गरेका छन्। प्रिमियर कपबाट तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन्। नेपाल र युएईसँगै तेस्रो स्थानमा रहने टोलीले एसिया कप खेल्नेछ।  शनिबार भएको सेमिफाइनलमा युएईले ओमनलाई आठ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो।

ओमानले दिएको एक सय २७ रनको लक्ष्य युएईले २०.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको छ।  युएईका लागि ओपनर तथा कप्तान याययिन राईले सर्वाधिक ७१ रनको योगदान दिए। अर्का ओपनर आयान मिसबह १९ रनमा आउट भए। मुहम्मद रायान खान २० र पृथ्वी मधु १४ रनमा अविजित रहे।  त्यसअघि ब्याटिङ गरेको ओमन ३७.३ ओभरमा एक सय २६ रन बनाउँदा अलआउट भयो।

आजै भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। त्यसअघि युएईको अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउन्ड–२ मा पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा समेटिएको थियो। अब तेस्रो स्थानका लागि ओमन र मलेसिया भिड्नेछन्। यो खेलको विजेताले पनि एसिया कपमा स्थान बनाउनेछ। फाइनल तथा र स्थानको खेल सोमबार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो
वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद
वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद
ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?
ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
प्रधानमन्त्री ओलीले गरे एचपिभी खोप अभियानको शुभारम्भ
प्रधानमन्त्री ओलीले गरे एचपिभी खोप अभियानको शुभारम्भ
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...