राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न

सारांश

  • जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ ।
  • मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मङ्गलवार राति भगवान राम जानकीको विवाह सम्पन्न भएसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो ।
  • राम जानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न भएको छ ।

१० मंसिर, जनकपुरधाम ।

जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मङ्गलवार राति भगवान राम जानकीको विवाह सम्पन्न भएसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो । राम जानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न भएको छ । वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थरामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात राजा जनकको भूमिका निर्वाह गरेका थिए । महन्थ रामतपेश्वर दास वैष्णवले कन्यादान गरेका थिए ।

वैवाहिक कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजन, साधु सन्त, जनकपुरधामका प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहेको थियो । यसअघि विवाह पञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर सम्पन्न भएको थियो । राम जानकीको स्वयम्वर हेर्नका लागि श्रद्धालुहरूको जनसागर नै उर्लिएको देखियो । स्वयम्वरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो ।

जानकी मन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राममन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरीले गरेका थिए । दुवै मन्दिरका डोलासँग साधु सन्तहरूसँगै हजारौँ श्रद्धालुहरूको पनि पनि सहभागिता थियो । स्वयम्वरको क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरूले राम मन्दिरका डोलालाई विशेष पूजा गरेका छन् । पूजापछि रामको डोलालाई जानकीको डोलाले सात पटक परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेड पान्डाको संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा जडान
रेड पान्डाको संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा जडान
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
आवासीय चिकित्सकले आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने
आवासीय चिकित्सकले आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने
लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?
लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा
विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा
भैरहवामा निकालियो सद्भाव र्‍याली
भैरहवामा निकालियो सद्भाव र्‍याली
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो