भारतलाई बिजुली बेच्ने प्रसारण लाइन बनाउन सरकारले ३ अर्ब रूपैयाँ लगानी गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भारतलाई बिजुली बेच्ने प्रसारण लाइन बनाउन सरकारले ३ अर्ब रूपैयाँ लगानी गर्दै

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब रूपैयाँ लगानी गर्ने भएको छ ।
  • प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
  • मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा दुई अर्ब रूपैयाँ बराबरको स्वपुँजी लगानी हुनेछ ।

५ मंसिर, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब रूपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा दुई अर्ब रूपैयाँ बराबरको स्वपुँजी लगानी हुनेछ । इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली चार–चार केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति दुई देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तरदेशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् ।

नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ । ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम आवश्यक सूचना राजपत्रमा प्रकाशित गरी जानकारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिस्कार
माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिस्कार
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
श्रष्टा हक, अधिकारका लागि सरकार र संस्थाहरुबीच सहकार्य जरुरी
श्रष्टा हक, अधिकारका लागि सरकार र संस्थाहरुबीच सहकार्य जरुरी
त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद
त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?
एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक