चोरी भएका ५१ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर)धनीलाई हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
चोरी भएका ५१ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर)धनीलाई हस्तान्तरण

सारांश

  •   काठमाडौँ उपत्यकाका विभिन्नस्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन(मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयलेसम्बन्धित धनीलाईहस्तान्तरण गरेको छ ।
  • बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयमाआयोजित एक कार्यक्रमकाबीच कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसादअधिकारी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखप्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ओटा मोटरसाइकल र १८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
  • कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीवास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेकोअवस्थामा काठमाडौँ उपत्यका स्थित गोंगबु, नयाँ बसपार्क,बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर,काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ,गठ्ठाघर, लुभु, लगायतका विविध स्थानबाट उक्त सवारी साधनट्राफिक प्रहरीले फेला पारेको थियो ।

४ मंसिर, काठमाडौं । 

काठमाडौँ उपत्यकाका विभिन्नस्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन(मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयलेसम्बन्धित धनीलाईहस्तान्तरण गरेको छ । बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयमाआयोजित एक कार्यक्रमकाबीच कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसादअधिकारी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखप्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ओटा मोटरसाइकल र १८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीवास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेकोअवस्थामा काठमाडौँ उपत्यका स्थित गोंगबु, नयाँ बसपार्क,बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर,काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ,गठ्ठाघर, लुभु, लगायतका विविध स्थानबाट उक्त सवारी साधनट्राफिक प्रहरीले फेला पारेको थियो । आज बुझाइएका ५१ ओटासहित ९१ ओटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीलेधनीलाई जिम्मा लगाइसकेको छ । चोरीका ९ ओटा दुई पाङ्ग्रेसवारी साधन सहित चोरीमा संलग्न १९ जना व्यक्तिहरूलाई पनिनियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरीपरिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मालिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमाट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

आर्थिक वर्ष२०८०÷०८१ मा ४१७ ओटा र ०८१÷०८२ मा ५०३ ओटा दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धितधनीलाई जिम्मा लगाइसकेको छ । सवारी साधन चोरी तथाहराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङगरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायतसुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत–जावतनहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँउपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षकनरेश राज सुवेदीले अनुरोध गरेका छन् । सवारी साधन हराएमाट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईननम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदनदिन सकिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था
नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट
उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस
उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस