नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै

सारांश

  • दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।
  • खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ भने यो खेल यस शृंखलाको पाँचौँ खेल हो ।
  • लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन् ।

४ मंसिर, काठमाडौं ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ भने यो खेल यस शृंखलाको पाँचौँ खेल हो । लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन् । लुम्बि नी लायन्स यस लिगमा पहिलो खेल खेल्दैछ भने चितवन राइनोज कर्णाली याक्सलाई चार विकेटले पराजित गरेर लुम्बिनीसँग प्रतिस्पर्धा गर्न तयार छ ।

चितवनमा चर्चित नेपाली खेलाडी रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा, गौतम केसी छन्। चितवन राइनोजका टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल रहेका छन् भने लुम्बिनीमा पूर्व क्रिकेटर शक्ति गौचनको विशेष प्रशिक्षण गरिरहेका छन् । लुम्बिनीमा कप्तान पौडेलसँगै नेपाली खेलाडी सन्दीप जोरा, दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलीप नाथलगायत चर्चित खेलाडी छन्। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ। एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा
विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन
अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत