घटेको सेयर बजारमा ८ कम्पनी बढे १० प्रतिशत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
घटेको सेयर बजारमा ८ कम्पनी बढे १० प्रतिशत

सारांश

  • बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.
  • ९८ अंक घटेको छ ।
  • अघिल्लो दिन १५ अंक बढेको थियो ।

३ मंसिर, काठमाडौं ।

बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ९ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ ।

त्यस्तै उत्पादन तथा प्रशोधन ०.४२ र व्यापार ०.३२ प्रतिशत बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशत घट्यो । बैंकिङ ०.१६, फाइनान्स ०.६८, हाइड्रोपावर ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०.४७ प्रतिशत घटे । समग्र बजारको परिसूचक घट्दा पनि ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र झापा इनर्जी छन् । यी सबै हालै सूचीकृत नयाँ कम्पनी हुन् । आईपीओ सूचीकृत भएपछि केही समय त्यस्ता कम्पनीको मूल्य उचालिने गरेको छ ।

त्यस्तै स्वस्तिक लघुवित्तको ८.१८ तथा पियोर इनर्जीको मूल्य ६.९३ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०३ प्रतिशत घट्यो । पिपुल्स हाइड्रोपावरको मूल्य ३.५८, ग्रिन डेभलपमेन्ट बैंकको ३.५१ तथा पिपुल्स पावरको ३.१८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा बरुण हाइड्रोपावर, साहस ऊर्जा, राधि विद्युत्, युनियन हाइड्रोपावर र सिनर्जी पावर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक
राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
८ महिनामा आए ७ लाख २० हजार पर्यटक
८ महिनामा आए ७ लाख २० हजार पर्यटक
३ हजार नाघेर झर्‍यो सेयर बजार, साढे २६ अर्बको कारोबार
३ हजार नाघेर झर्‍यो सेयर बजार, साढे २६ अर्बको कारोबार
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
करोडौँको योजना कार्यान्वयन हुन सकेन
करोडौँको योजना कार्यान्वयन हुन सकेन
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक