रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
३५ पटक हेरिएको
Shares
रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो

सारांश

  • रौतहटमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको संख्या ६ हजार नाघेको छ ।
  • आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलवार दिउँसोसम्म ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय गौरको तथ्याङ्कमा अद्यावधिक छ ।
  • जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार कानुनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरेको छ ।

२ मंसिर, रौतहट ।

रौतहटमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको संख्या ६ हजार नाघेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलवार दिउँसोसम्म ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय गौरको तथ्याङ्कमा अद्यावधिक छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार कानुनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरेको छ ।

यहाँ मतदाता नामावली दर्ताका लागि अहिले युवा पुस्तामा उत्साह छाएको उनको भनाइ छ  । मतदाता परिचयपत्र बनाउने समयसीमा मंसिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिनेक्रम जारी रहेको दासले बताए। विशेषगरी युवाहरू मतदाता परिचयपत्र बनाउने प्रक्रियामा सक्रिय रहेको भन्दै, दर्तामा युवाको सहभागिता बढ्दो रहेको उनले उल्लेख गरे । कानुनले १६ वर्षमा नागरिकताको प्रमाणपत्र प्राप्त हुने व्यवस्था गरे पनि मताधिकार प्रयोगमा १८ वर्ष हुनुपर्ने छ ।  नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर सो मितिसम्म १८ वर्ष नपुगेका नागरिक आगामी निर्वाचनमा मतदान गर्न योग्य नहुने उनले बताए ।

२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको मात्र मतदाता नामावलीमा नाम दर्ता हुने आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार नयाँ दर्ता भएका मतदातामध्ये पुरुष ३ हजार ५१८ र महिला २ हजार ५८९ र अन्यमा १ जना छन । जिल्लामा यसअघि ४ लाख २१ हजार ६९३ मतदाता रहेकोमा थप ६,१०८ समावेश भएपछि कुल मतदाता संख्या ४ लाख २७ हजार ८०१ पुगेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर
नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
सर्लाहीको बसबरियामा ट्याक्टरमा च्यापिएर एक वृद्धको मृ*त्यु, चालक फरार
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो : सचिव अर्याल
महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो : सचिव अर्याल
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै